ताजा अपडेट

सपना हराएको मानिस!!

हिड्दा-हिड्दैकाे यात्रा
अचानक राेकेर
मेराे छेउमा उभिएको छ
एउटा मानिस ।

मैले,
जिज्ञासाकाे नजर फाल्दै
त्यस मानिस तर्फ हेर्न नभ्याउदै
उसले भन्यो
सपनाहरू हराएका छन्
म खाेज्न हिडिरहेकाे छु ।

उसको कुरा सुनेर
आश्चर्यचकित हुँदै
हेरिरहे एकनास
तलदेखि माथिसम्म उसलाई ।

खुट्टामा फाटेका
गाेल्डस्टार जुत्ता थिए-भने
शरीरमा मैलो परेका
पातलो कलेजी रंगकाे कमिज ।

मैले फेरि उसको
अनुहारतिर पुलुक्क हेरे
अनुहारमा बेग्लै चमक थियोे
लाग्छ लक्ष्य चुम्न लालायित छ

मैले साेधे
भेटिन्छन् त सपनाहरू ?
जवाफमा उसले
सहजै भन्छन्
यताकतै हराएका छन्
म खाेज्न हिडिरहेकाे छु
एकदिन
अबश्य भेटिनेछन्
सपनाहरूले पछ्याउँदैनन्
सपनाहरूलाई हामीले पछ्याउँनु पर्छ ।

(लेखक तत्कालीन जनमुक्ति सेना नेपालको बटालियन कमाण्डर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस